समाचार

हेल्प मधेसी मलेसिया द्वारा आगलागी पिडितलाई रु१,००१०५आर्थिक सहयोग

news desk 3 months अघि
Share

धनुषा,नेपाल

मधेस प्रदेश,धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैया भवाडी निवासी हेल्प मधेसी मलेशिया जोहर शाखाको सकृय सदस्य मनोज कुमार यादब को घर गत २०८२ पुष २५ गते राती अचानक आगलागी हुदा घर र सर समान पुर्ण रुपमा जलेर नष्ट भएको थियो र हामिलाई जानकारी हुना साथ नेपालको टिम सङ समन्वय गरि तुरुन्त उहाको परिवारलाई भेटी अवस्थाको सम्पुर्ण विवरण लिएर तत्काल आगलागी भएकै दिन खाद्यान्न समान को लागि रु १०,०००/- दस हजार  आर्थिक सहयोग गरिएको थियो ।

यसै गरी हेल्प मद्गेसि मलेसिया (जोहोर) का सकृय सदस्य यादबको परिवारलाई राहत स्वरुप हेल्प मधेसी मलेसिया द्वारा मिति २०८२ माघ १५ गते बिहिवार को दिन हेल्प मधेसी नेपालको केन्द्रिय अध्यक्ष सन्जय यादब,अन्तर्राष्ट्रिय सचिब बिजय कुमार मन्डल,धनुषा जिल्ला अध्यक्ष राजेन्द्र यादब र त्यहाको स्थानीय समाज सेवि,बुद्धिजीवी र छर छिमेकी को उपस्थितिमा पीडित परिवारलाई नगद रु १,००,१०५ (एक लाख एक सय पाँच रुपैयाँ) आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको कुरा हेल्प मधेसी मलेसियाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले dmbnepal लाइउ बताउनु भएकोछ । साथै महतोले “सेवा नै धर्म हो भन्ने मान्यता को साथ हामी सदैब सहयोगका काम गर्दै आई रहेका छौ भन्दै निरन्तर लागि रहने कुराको प्रतिबद्धता समेत जनाउनु भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *