नेपालमा धेरै सरकार र ब्यबस्था परिवर्तन भए तर जनताको अवस्था उस्तै.. माननीय ज्ञानेन्द्र शाही
संविधान सभाको पहिलो बैठकमा उपस्थित भैइ राप्रपा बाट निर्वाचित सांसद माननिय ज्ञानेन्द्र शाहीले भन्नु भएको छ “नेपालमा धेरै सरकारहरु परिवर्तन भए, धेरै व्यवस्था परिवर्तन भए तर जनताको अवस्था जस्ताको त्यस्तै रह्यो । अब वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्र’ष्टाचारका का’ण्डहरुको फाइल खोल्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु । विशेषगरि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री माननीय सुदन गुरुङ प्रति अझै विश्वस्त भएको छु । … विमान का’ण्डदेखि सहकारी घो’टाला का’ण्डसम्मका ठुल्ठुला दो’षीहरुलाई कानुनी कठघरामा उभ्याइने छ भन्नेमा म पूर्ण आशावादी छु । सबभन्दा ठूलो कुरा पोहोर साल आउँदा अघिल्लो वर्ष अलि पाका-पाका उमेरका मान्छे थियौं । अहिले भर्खरभर्खरका यूवा साथीहरू आएका छौँ । यो चै परिवर्तनको एउटा…दल परिवर्तन नभएर हाम्रो पुस्ता परिवर्तन भएछ । यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु…। दल भन्दा ठूलो देश हो । यहाँ को काङ्ग्रेस, को एमाले, को रास्वपा, को राप्रपा, को श्रम संस्कृति, को माओवादी या को तारा भन्ने होइन । हामी सबै नेपाली हौँ । यो दलगत स्वार्थ त्यागेर सुशासन र विधिको शासन र प्रजातान्त्रिक अभ्यासका लागि हामी एक ढिक्का हुनुपर्छ भन्ने मलाई लाग्छ र हामी एक ढिक्का हुन्छौं पनि ।”
