समाचार

NRNA क्षेत्रीय समिति जोहोर,मलेशिया द्वारा दुबै मृगौला पिडित दिल बहादुर श्रेष्ठ बचाउ अभियान शुरु

news desk 3 months अघि
Share

 

 

जोहोर,मलेसिया-दिल बहादुर श्रेष्ठ बचाउ अभियान 

गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति, जोहोर,मलेसिया द्वारा दुवै मृगौला फेल भएका पीडित बचाउ अभियान शुरु गरिएको कुरा अवगत गराउदै आर्थिक सहयोगको अपिल गरिएको छ ।

आदरणीय दाजु-भाइ तथा दिदी-बहिनीहरू,
बारा जिल्ला,कोहल्वी नगरपालिका–८,नयाँबस्ती निवासी दिल बहादुर श्रेष्ठ ज्यू दुवै मृगौला फेल भएर गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत हुनुहुन्छ। यसअघि एकपटक मृगौला प्रत्यारोपण गरी केही वर्ष स्वस्थ रहनु भए पनि हाल पुनः दोस्रो पटक मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ।
उहाँकी धर्मपत्नीले मृगौला दान गरी जीवनदान दिने तयारी गर्नु भएको भए तापनि, उपचार, प्रत्यारोपण र पछिल्लो औषधिउपचारका लागि अत्यन्तै ठूलो आर्थिक सहयोग आवश्यक परेको छ। यस्तो कठिन अवस्थामा उहाँको जीवन बचाउन तपाईं हामी सबैको साथ,सहयोग र मानवतापूर्ण सहभागिता अत्यावश्यक भएकोले यो अभियान सञ्चालन गरिएको हो।

आर्थिक सहयोग संकलन अवधि:

आगामी ११ फेब्रुअरी २०२६, बुधबारसम्म
संस्थागत वा व्यक्तिगत रूपमा, स्व–इच्छाले सक्दो सानो–ठूलो आर्थिक सहयोग गरिदिनु हुन सम्बन्धित सम्पूर्ण महानुभावहरू समक्ष हार्दिक अपिल गर्दछौं।

तपाईंको सानो सहयोगले एउटा अमूल्य जीवन बच्न सक्छ।

सम्पर्क नम्बर: 9810160063/ 9761926871

सहयोगका लागि बैंक विवरण (नेपाल)
खाता नाम: DIL BAHADUR SHRESTHA
बैंक: KUMARI BANK LIMITED
खाता नम्बर: 2610213959700001

 

सहयोगको लागि बैंक विवरण (मलेसिया )

NRNA JOHOR-कोषाध्यक्ष
NAME-TILAK BAHADUR SHRESTHA
Account number -6905842018

PUBLIC BANK
Account number .180032462130

Touch n Go
Contact :-+60187621804

 

गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती जोहोर,मलेसिया परिवार हार्दिक अपिल गर्दछौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *