मनोरंजन

सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम ऎतिहासिक रुपमा सम्पन्न ।

news desk 3 months अघि
Share

बिन्द्दु दर्लामी मगर

जोहोर-मलेसिया: नेपाल तामाङ घेदुङ मलेसिया,क्षेत्रीय कार्य समिति जोहोर को आयोजनामा १८ जनवरी २०२६ (आइतबार) का दिन मलेसियाको जोहोरबारुमा तमाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार भव्य,सभ्य र उत्साहजनक दर्शकहरुको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको छ। 

करिब १२०० भन्दा बढी दर्शकहरुको उतसाहजनक उपस्थितिका बिच सम्पन्न कार्यक्रममा सभाध्यक्षका रूपमा क्षेत्रीय अध्यक्ष मंगल दोङ तामाङ रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल तामाङ घेदुङका संघीय सदस्य मिलन दोङ तामाङ,बिशिस्ट अतिथिको रुपमा नेपाल आदिवासी जनजाती महासंघ मलेसिया का अध्यक्ष पदमराज लिम्बु,बिशेष अतिथिको रुपमा नेपाल तामाङ घेदुङ मलेशिया का अध्यक्ष बिक्रम वाईबा तामाङ लगाएत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको अतिथिको रुपमा सहभागीता रहेको थियो।

 

कार्यक्रममा नेपाल देखि आमान्त्रीत चर्चित सेलो गायिका सुमिना लो तामाङ तथा मौलिक सेलो गायक बैरागी मोक्तानले बेजोड सांगीतिक प्रस्तुति दिनुभएको थियो। साथै स्थानीय कलाकारहरूले प्रस्तुत गरेका मौलिक तथा आकर्षक सांस्कृतिक कार्यक्रमले कार्यक्रमलाई थप रंगीन बनाएको थियो,जसले उपस्थित दर्शकहरूलाई अत्यन्तै उत्साहित बनाएको देखिन्थ्यो।

 

सोनाम ल्होछार विशेष कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, व्यवसायी लगायत मलेसियामा कार्यरत १२०० भन्दा बढी नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्दै तामाङ भाषा, भेषभूषा,गीत–संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम मौलिकता,एकता र हर्षोल्लासका साथ सम्पन्न भएको आयोजकले जनाएको छ। नेपाल तामाङ घेदुङ जोहोरबारुले यस्ता सांस्कृतिक कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, पहिचान र सांस्कृतिक चेतना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *