NRNA क्षेत्रीय समिति जोहोर संगै “किराँत राई यायोक्खा र नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोर ले पनि राजदुतावासमा नयाँ कार्य समिति नामावली बुझाए ।

क्वालालम्पुर, १२ जनवरी २०२६
“गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोरको २०२५–२०२७”कार्यकाल,”नेपाल तामङ घेदुङ मलेसिया क्षेत्रीय समिति जोहोरको २०२५-२०२७” कार्यकाल र “किराँत राई यायोक्खा क्षेत्रीय समिति जोहोर मलेसिया २०२६-२०२८” कार्यकालका लागि सर्वसहमतिमा निर्वाचित कार्यसमितिको नामावली जानकारी तथा अभिलेखका उद्देश्यले सोमबार नेपाली राजदूतावास, क्वालालम्पुरमा औपचारिक रूपमा पेश गरिएको छ।

नेपाली राजदूतावासको तर्फबाट कार्यबाहक महामहिम शुश्री मुदिता बजाचार्य ज्यू समक्ष नामावली बुझाइएको हो। उक्त अवसरमा NRNA जोहोरका अध्यक्ष श्री बेदना श्रेष्ठ, सचिव श्री विनय हमाल तथा कोषाध्यक्ष श्री तिलक श्रेष्ठको प्रत्यक्ष उपस्थिति रहेको थियो। भने किराँत यायोक्खा जोहोर्को तर्फ बाट अध्यक्ष समिता राई(सन्जु) वरिष्ठ उपाध्यक्ष अनिल राई र नेपाल तामाङ घेदुङ जोहोरको तर्फ बाट अध्यक्ष मंगल दोङ तामाङ तथा सचिब मन कुमार थिङ तामाङ को उपस्थिति रहेको थियो ।

छोटो भेटघाट तथा छलफलका क्रममा कार्यबाहक महामहिम बजाचार्य ज्यूले मलेसियामा कार्यरत नेपाली समुदाय, विशेषगरी नेपाली श्रमिकहरूको समस्या समाधान,अधिकार संरक्षण तथा सेवामा सहज पहुँचका लागि NRNA क्षेत्रीय समिति जोहोरसँग विगतमा झैं निरन्तर समन्वय,सहकार्य र सहयोग कायम रहने प्रतिबद्धता व्यक्त गर्दै पहिलो पटक कार्य समिति नामावली बुझाएको किराँत राई यायोक्खा र तामाङ घेदुङ संग पनि सहकार्य र सहयोग रहने प्रतिबद्धता गर्नु भएको छ ।
उहाँले नेपाली श्रमिकहरूका श्रम अधिकार कानुनी समस्या, स्वास्थ्य, आवास तथा आपतकालीन अवस्थासँग सम्बन्धित विषयहरूमा संघसँग सहकार्य गर्दै समाधान खोजिने धारणा समेत राख्नुभयो। साथै समुदायभित्र एकता, अनुशासन र पारदर्शिताका साथ काम गर्न कार्य समिति नेतृत्वलाई आग्रह गर्नुभयो।
कार्यसमिति तर्फबाट पनि राजदूतावासले अहिलेसम्म प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा जोहोर क्षेत्रमा रहेका नेपाली श्रमिक, व्यवसायी तथा समग्र नेपाली समुदायको हितका लागि राजदूतावाससँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै,आजको भेटका लागि अमूल्य समय प्रदान गरेकोमा नेपाली राजदूतावास, क्वालालम्पुर प्रति हार्दिक आभार धन्यवाद व्यक्त गरेकाछन ।
