किरात राई यायोक्खा क्षेत्रीय समिति जोहोरको पहिलो भौतिक बैठक सम्पन्न ।

बिन्दु दर्लामी मगर
जोहोर,किराँत राई यायोक्खा क्षेत्रीय समिति जोहोरको पहिलो भौतिक बैठक आज गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर को सभा हलमा सम्पन्न भएको छ!
गत ७ डिसेम्बर २०२५ का दिन सम्पन्न तेस्रो अधिबेशन बाट चयन भएको नयाँ कार्य समितिको पहिलो भौतिक बैठक समितीकी अध्यक्ष समिता राई (सन्जु) को अध्यक्षतामा बसेको हो ! परिचयात्मक कार्यक्रम बाट शुरु गरिएको बैठकमा बिबिध बिषयहरुमा छलफल गरिएको र आगामी दिनहरुमा किराँत राई यायोक्खाले आफ्नो मौलिक भाषा धर्म सस्कृतीको जगेर्ना र प्रबर्द्धन गर्दै जानुका साथै वैदेशिक रोजगारीको शिलशिलामा रहेको प्रबासी नेपाली श्रमिक मैत्री कार्यहरुमा पनि क्रीयासिल भएर अगाडी बढ्ने कुरामा ऎक्बद्वता जनाएको छन ।
पहिलो बैठक लाई सचिव जिबन बान्तवा राईले संचालन गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष अनिल खालिङ राई, उपाध्यक्ष खडक कुमार राई, महिला उपाध्यक्ष कन्चन साम्सोहाङ राई,महिला संयोजक कमला राई,लगाएत नयाँ कार्य समितिको अधिकाङ्स सदस्यहरुको उपस्थिति रहेको कुरा dmbnepal लाई बताएकाछन ।
पहिलो भौतिक बैठक कार्यक्रममा अतिथिको रुपमा रोल्पाली सेवा समाजका अध्यक्ष तिपेन्द्र बुढा मगर,गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर का उपाध्यक्ष प्रेम नारायण श्रेष्ठ तथा dmbnepal.com का बिन्दु दर्लामी मगर को उपस्थिति रहेको थियो !
बैठक लाई समापन गर्दै संघकी अध्यक्ष राईले सम्पुर्ण कार्य समिति पदाधिकारीहरु तथा अतिथिहरुलाई उपस्थितिको लागी धन्यबाद व्यक्त गरेकी छ्न ।
