समाचार

मलेसियाको जोहरमा श्रम नवीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

news desk 4 months अघि
Share

जोहोरबारु। मलेसियाको जोहर राज्यमा पुनः श्रम नवीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। PNCC–ILO Project अन्तर्गत सञ्चालन गरिएको Outreach Program अनुसार आज डिसेम्बर २१, २०२५ (आइतबार) का दिन जोहरको सेनाइस्थित नोर्थ लिंक स्यनर्जी डोर्मिटोरी, तमान इदामनमा “श्रम नवीकरण” विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको सञ्चालन PNCC जोहरका आउटरीच अफिसर सुरेन्द्र महतोले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण राजु तामाङ र मंगल तामाङले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत करिब ४५ जना दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो।
उक्त कार्यक्रमले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम नवीकरणको महत्व, प्रक्रिया, विशेषता तथा फाइदाबारे जानकारी दिँदै उनीहरूमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *