समाचार

सञ्चारकर्मी राजन नेपालको नेतृत्वमा तारकेश्वरमा ९औँ साप्ताहिक सरसफाइ कार्यक्रम सम्पन्न

news desk 4 months अघि
Share

काठमाण्डौ । तारकेश्वर नगरपालिकामा बुलन्द आवाजद्वारा सञ्चालन गरिएको ९औँ साप्ताहिक सरसफाइ कार्यक्रम हिजो शनिबार, पुस ५ गते सफलतापूर्वक सम्पन्न भएको छ।


उक्त सरसफाइ अभियान तारकेश्वर नगरपालिका वडा नं.–७ मा सञ्चालित थियो। कार्यक्रममा वडाका जनप्रतिनिधि, सरसफाइ अभियन्ता, समाजसेवी, बुद्धिजीवी, स्काउट, स्थानीय विद्यालयका विद्यार्थी तथा बालबालिकाको उल्लेखनीय सहभागिताका साथै नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा संकलित फोहोरको व्यवस्थापनमा तारकेश्वर सरसफाइ प्रा. लि. ले सहयोग पुर्‍याएको थियो।

साथै, अभियानमा सहभागीहरूका लागि समाजसेवी राम चौहानले चियाको व्यवस्थापन गर्नुभएको थियो भने युवा व्यवसायी युवराज खत्रीले खाजाको व्यवस्थापन गरेर अभियानलाई थप सहयोग पुर्‍याउनुभएको थियो।
स्वच्छ, सुन्दर र सफा नगर निर्माण गर्ने उद्देश्यसहित निरन्तर सञ्चालन हुँदै आएको यस अभियानले स्थानीय समुदायमा सरसफाइप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै जनचेतना अभिवृद्धि गरेको सञ्चारकर्मी तथा सरसफाइ अभियन्ता राजन नेपालले जानकारी दिनुभएको छ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहभागी, स्वयंसेवक तथा सहयोगी हातहरू तथा संस्थाप्रति बुलन्द आवाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *