रोल्पाली सेवा समाज मलेसिया क्षेत्रीय समिति पेनाङ को दोश्रो भौतिक बैठक सम्पन्न ।

पेनाङ, मलेसिया
गत 14 December 2025 का दिन रोल्पाली सेवा समाज मलेसिया,क्षेत्रीय समिति पेनाङ को दोस्रो भौतिक बैठक तथा नयाँ ब्यानर उद्वघातन साथै टि-सर्ट वितरण कार्यक्रम सम्पन्न भएको छ।
समिति का अध्यक्ष श्री दिपेन्द्र बुढामगर को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम मा जन उद्वार केन्द्र मलेसिया का केन्द्रिय अध्यक्ष श्री केशु थापा प्रमुख अतिथि रहनु भएको थियो,भने विशिष्ट अतिथि मा नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङ का खेलकुद प्रमुख श्री बुद्विराम पुन मगर र नेपाल तामाङ घेदुुङ मलेसिया,पेनाङ समिति का अध्यक्ष श्याम तामाङ रहनु भएको थियो । त्यस्तै अन्य अतिथि हरुमा जन उद्वार केन्द्र मलेसिया क्षेत्रीय पेनाङ का अध्यक्ष हिमाल कार्की रोल्पाली सेवा समाज,मलेसिया का सल्लाहकार केदार डागी,उपाध्यक्ष कमल महरा लगाएतको उपस्थिती रहेको थियो ।
समितिकि म.उपाध्यक्ष खिमा कुमारी वली ले संघ-संगठन को बारे मा मन्तव्य राख्नु भएको थियोे,भने कार्यक्रम को स्वागत मन्तव्य उपाध्यक्ष प्रशुराम बि.क. ले राख्नु भएको थियो । अन्त्यमा कार्यक्रम को समापन सभा अध्यक्ष दिपेन्द्र बुढामगर ले गर्नु भएको थियो। साथै क्षेत्रीय कार्यसमिति पेनाङ मा नयाँ ४ सदस्य पनि थप गरिएको कुरा dmbnepal.com लाई जानकारी गराउनु भएको छ ।
