समाचार

नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया द्वारा जोहोरमा सन्चालित कन्सुलर सेवा बाट कुल ४०० भन्दा बढिले सेवा लिए

news desk 4 months अघि
Share

बिन्दु दर्लामी मगर

नेपालि राजदूतावास क्वालालम्पुर मलेसिया Embassy of Nepal Malaysia द्वारा डिसेम्बर १३ र १४ मा संचालित दुई दिने घुम्ती कन्सुलर सेवा जोहिर को जेबि स्थित ZO HOTEL सम्पन्न भएको छ ।

१३ डिसेम्बर का दिन अपरान्ह ४.३० बजे सम्म र १४ डिसेम्बर अपरान्ह ३ बजे सम्म संचालित  कन्सुलर सेवा बाट जोहोर आसपास मा बसोबास गर्ने हजारौ नेपाली श्रमिकहरु मध्य राहदानी नवीकरण ३३७ जना,एकतर्फी ट्राभल डकुमेन्ट ५ जना र पासपोर्ट संकलन ६० जना गरि जम्मा ४०२ जना ले उक्त कन्सुलर सेवा बाट लाभ लिएको कुरा नेपाली राज दूतावासका द्वितीय सचिव प्रतिक राज जोशीले जानकारी गराउनु भएको छ ।

नेपाली दूतावास द्वारा यस पटक जोहोर मा कन्सुलर सेवा प्रदान गर्नुको साथ साथै जोहोर को पेकन नानास मा रहेको Immigration Deport Centre मा गएर विभिन्न कारणबस समातिएर जेलमा रहेका नेपाली हरुको अवस्थाबारे बुझेका थिए ।

राजदुतावास द्वारा संचालित कन्सुलर सेवा कार्यक्रमलाई सौहाद्रपुर्ण वातावरणमा सम्पन्न गराउनको निम्ती NRNA क्षेत्रीय समिती जोहोर, PNCC MALAYSIA, नेपाल तामाङ घेडुङ जोहोर,रोल्पाली सेवा समाज, किराँत राई यायोक्खा क्षेत्रीय समिति जोहोर, लगाएतले सहकार्य गरीएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *