समाचार

नेपाली राजदुतावास मलेसिया द्वारा सन्चालन गरेको घुम्ती कन्सुलर सेवा बाट आज (१३ डिसेम्बर) पहिलो दिन 220 जनाले लाभ लिए ।

news desk 4 months अघि
Share

क्वालालम्पुर । नेपाली राजदूतावास, क्वालालम्पुरद्वारा आयोजित कन्सुलर सेवाबाट आज कुल २२० जना सेवाग्राहीले लाभ लिएका छन्। कन्सुलर सेवा अन्तर्गत राहदानी नवीकरण, राहदानी वितरण, कागजात प्रमाणीकरण तथा अन्य आवश्यक सेवाहरू प्रदान गरिएको थियो।

राजदूतावासका अनुसार सेवाग्राहीहरूलाई सहज, छरितो र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक जनशक्ति तथा व्यवस्थापन मिलाइएको थियो। सेवा प्रवाहको क्रममा कुनै उल्लेखनीय समस्या नआएको र सेवाग्राहीहरूले सन्तोषजनक रूपमा सेवा प्राप्त गरेको राजदूतावासले जनाएको छ।

यसैबीच, नेपाली राजदूतावास, क्वालालम्पुरले २०८२ मंसिर २७–२८ (१३–१४ डिसेम्बर २०२५) मा जोहर बाहारुमा राहदानी नवीकरण तथा राहदानी वितरणसम्बन्धी घुम्ती कन्सुलर सेवा सञ्चालन भइरहेको जानकारी गराएको छ। घुम्ती सेवामार्फत जोहर बाहरु तथा आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको जनाइएको छ।

सेवा ग्राहीहरुलाई सहजीकरण गरिदिनको लागी गैर आवासीय नेपाली संघ क्षेत्रीय समिती जोहोर,पि एन सि सि मलेसिया, रोल्पाली सेवा समाज मलेसिया, किराँत राई यायोक्खा, नेपाल तामाङ घेडुङ क्षेत्रीय समिती जोहोर लागाएत ले सघाएका थिए ।

राजदूतावासले सम्बन्धित सेवाग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। साथै, आगामी दिनहरूमा पनि नेपाली श्रमिक तथा नागरिकहरूको सुविधालाई ध्यानमा राख्दै यस्ता कन्सुलर तथा घुम्ती सेवाहरूलाई निरन्तरता दिने योजना रहेको राजदूतावासले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *