समाचार

नेपाली राजदुतावास मलेसियाले जोहोरमा कन्सुलर सेवा दिने,सेवा ग्राह्रीहरुलाई सहजीकरणका लागी NRNA जोहोरले समन्वय गर्ने

news desk 4 months अघि
Share

नेपाली राजदूतावास, क्वालालम्पुरले २०८२ मंसिर २७–२८ (१३–१४ डिसेम्बर २०२५) का दिन जोहर बाहरुमा राहदानी नविकरण र राहदानी वितरण लगाएतका सेवाहरू प्रदान गर्न घुम्ती कन्सुलर सेवा संचालन गर्ने भएको छ ।

बिगतका दिनहरुमा हुने गरेका कन्सुलर सेवाहरुमा जस्तै यसपाली पनि सेवा ग्राहीहरुलाई सहजीकरण गर्नको लागी NRNA गैर आवासीय नेपाली संघ क्षेत्रीय समिती जोहोर द्वारा स्वयंसेवक को रुपमा दूतावास संग समन्वय गरिनेछ । साथै यस कार्यमा PNCC मलेसिया लगाएत जोहोर क्षेत्रमा क्रीयासिल अन्य संघ सस्थाहरुले पनि सहकार्य गर्नेछन ।

राहदानी नविकरण गर्न चाहने सेवाग्राहिहरुले अनिवार्य रूपमा दुईवटै फारम भर्नुहोला:
१. Online Passport Form https://emrtds.nepalpassport.gov.np/

२. गुगल फारम – https://docs.google.com

नविकरण भइसकेको राहदानी संकलन गर्न चाहने सेवाग्राहिहरुले तलको गुगल फारम अनिवार्य रुपमा भर्नुहोला:
गुगल फारम – https://forms.gle/9mJNjKJEyo94CnMG7

यदि गुगल फारम भर्न नसकिएको खण्डमा, +60 12 417 5392 मा WhatsApp गरि आफ्नो पूरानो राहदानी नं. र पूरा नाम टिपाउनहुन अनुरोध छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *