मलेसियाको जोहोरमा”येलेदोङ ५०८५ उधौली साकेला कार्यक्रम २०८२” तथा किराँत राई यायोक्खा क्षेत्रीय समिती जोहोर को “तेस्रो अधिवेशन”सम्पन्न अध्यक्षमा समिता राई(सन्जु) सर्ब सम्मत रुपमा चयन
बिन्दु दर्लामी मगर
जोहोर,मलेसिया,किराँत राई यायोक्खा क्षेत्रीय समिति जोहोरद्वारा आयोजित उधौली साकेला (येलेदोङ ५०८५) कार्यक्रम २०८२ तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मौलिक सांस्कृती र पहिचानलाई उत्साहजनक रुपमा प्रस्तुत गर्दै,नेपाली समुदायको एकता र मौलिक परम्पराप्रतिको समर्पण झल्किएको थियो।
तेस्रो अधिवेशनबाट समिता राई (सन्जु) सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुदै
२० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
नवगठित कार्यसमिति
अध्यक्ष: समिता राई (सन्जु)
वरिष्ठ उपाध्यक्ष: अनिल राई
उपाध्यक्ष: खड्गबहादुर राई
महिला उपाध्यक्ष: कञ्चन राई
सचिव: जीवन राई
सह–सचिव: जयराम राई
कोषाध्यक्ष: देविका राई (बिनु)
सह–कोषाध्यक्ष: चुलिन्द्र राई
युवा संयोजक: बालकृष्ण राई
महिला संयोजक: कमला राई
सदस्यहरू:
नवीन राई, विपना राई, दलबहादुर राई, बेलबहादुर राई, केदार राई, यदिन राई, सुसान राई, प्रेम राई, किरण राई, अङ्गराज राई
संरक्षक: पुस्पा राई
सल्लाहकार: मनकुमार राई
कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको थियो। निबर्तमान अध्यक्ष मन कुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पदमराज लिम्बु, विशिष्ट अतिथि किराँत राई यायोक्खा (इपो) पेराकका अध्यक्ष रमेश साम्पाङ् राई तथा विशेष अतिथि एनआरएनए क्षेत्रीय समिति मलाकाका वरिष्ठ उपाध्यक्ष ज्ञाबिन्द्र चाम्लिङ राई उपस्थित थिए। त्यसैगरी नेपाल तामाङ घेदुङ का अध्यक्ष मंगल तामाङ रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष तिपेन्द्र बुढा मगर,गैर आवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष नारायण अधिकारी,गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर अध्यक्ष की वेदना श्रेष्ठ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु अतिथिको रूपमा सहभागी हुनु भएको थियो । यस कार्यक्रमलाई समिता राई र जीवन राई ले सन्चान गरेका थिए।
कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो।
पहिलो चरणमा पितृ सम्मान तथा प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै उधौली पूजा र साकेला नाच प्रस्तुत गरियो।
दोस्रो चरणमा नवगठित कार्यसमिति घोषणा,सम्मानपत्र वितरण तथा शपथ ग्रहण गरिएको थियो।
कार्यक्रममा बर्षा राई, तिपेन्द्र बुढा मगर, कमला राई, बिपना राई,ढकमणी लम्साल लगाएत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो। विशेषगरी तामाङ, शेर्पा, मगर समुदायका प्रतिनिधिहरू आफ्नो मौलिक जातिय पोसाकमा सजिएर उपस्थित हुँदा कार्यक्रम अझै रंगिन र संदेशमूलक बनेको आयोजकहरूले बताएका छन्। आयोजकका अनुसार गैर किराँतहरु आफ्नै पोसाकमा सजिएर कार्यक्रममा सहभागी हुँदा हाम्रो नेपाली हरुको साझा पहिचान प्रदर्शन गर्ने मञ्च बनेको र हामी हाम्रो पहिचान संरक्षण गर्न सदैव कटिबद्ध रहेको बताए।
गैर–किराँती अतिथिहरुले किराँत राई यायोक्खा द्वारा प्रवास भुमिमा आफ्नो मौलिक धर्म,संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनमा गरिएको अग्रसरतालाई प्रशंसा गर्दै,नेपाली पहिचानलाई विश्वमाझ स्थापित गर्न सबै समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।
