समाचार

नेपाल थामी समाज मलेसिया को प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको अध्यक्षमा सन्तोष ठान्टी थामी निर्वाचित

Editor 5 months अघि
Share

नेपाल थामी समाज मलेसिया को प्रथम ऐतिहासिक भेला आज 8 जुन आइतबार जोहोर बारु लारकिन स्थित गैर आवासीय संघ क्षेत्रीय समिती जोहोर्बारु को सभा हल मा सम्पन्न भएको छ

कार्यक्रममा नेपाल आदिवासी संघ मलेसिया का उपाध्यक्ष तथा सेर्पा संघका अध्यक्ष नावा नुरि शेर्पा को प्रमुख आतिथ्यता मा रहेको थियो

सन्तोष ठान्टी थामी को नेतृत्वमा २१ सदस्यीय कार्य समिती गठन भएको छ
अध्यक्ष सन्तोष ठान्टी थामी
उपाध्यक्ष पल ठान्टी थामी, निच थामी
महासचिव अविरल थामी सचीव मे हाङ ठान्टी थामी कोषाध्यक्ष नीर बहादुर थामी
सह-कोषाध्यक्ष यङ लमि थामी
सदस्य हरु
भिम थामी सन्त कुमार थामी भिम थामी कमल थामी प्रज्जल थामि शुसान्त थामी अनिल थामी ॐ थामी लगायत अन्य गरि २१ जनाको कार्यसमिति बनेकोछ

कार्यक्रममा विभिन्न संघसंस्था को प्रतिनिधि हरुको पनि उपस्थिति रहेको थियो थामी समुदाय सगै गैर थामी समुदाय को पनि बाक्लो उपस्थिति रहेको थियो कार्यक्रम मा विविध सांस्कृतिक कार्यक्रम सहित थामी समुदाय को सैओले बम्बा नृत्य प्रमुख अतिथि विषेश अतिथि अतिथि हरु लगायत उपस्थिति हरुको संयुक्त नृत्य समेत गरेका थिए

थामी हरु पनि किराँती वंश भएको र किराँत सभ्यता लाई मान्ने भएका ले कार्यक्रम को उद्घाटन गर्नु अघि भुम्या पुजा अर्थात तीन ढुंगा लाई पुजेर थामी समुदाय को धर्म ग्रन्थ वाचन गरेर उद्घाटन गरिएको थियो कार्यक्रममा आउने हरु लाई नेपाली परिकार चियापान को व्यवस्था गरिएको थियो

नवनिर्वाचित कार्यसमिति लाई कार्यक्रमका प्रमुख अतिथि नावा नुरि शेर्पा ले पदको सपत गराएर प्रमाण पत्र वितरण गरेका थिए
नेपाल थामी समाज मलेसिया को कार्यक्रम सफल बनाउन मलेसियामा रहेका अन्य संस्था नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, हेल्प मदेश,, सुदुरपश्चिम नेपाली समाज मलेसिया साथै अन्य संघसंस्था हरुको पनि सहयोग र उपस्थिति रहेको थियो

नव निर्वाचित अध्यक्ष ले थामी समुदायको जनसंख्या पछिल्लो जनगणना अनुसार ३२ हजार रहेको र थामी समुदाय को कला धर्म संस्कृति पहिचान लोप हुँदै गएको र नेपाल थामी समाज मलेसिया ले यसको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने र देश तथा विदेश मा रहेका थामी समुदाय लाई संगठित गर्ने बताएका छन्

#yuwakoaawaj
सुमन विश्वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *