ब्यानार

तारकेश्वर नगरपालिकाको आयोजनामा र सचेतना नागरिक संस्था-नेपालको सहकार्यमा नगरस्तरीय कार्यक्रम सम्पन्न

Editor 5 months अघि
Share

मिति २०८१ जेष्ठ २६ गते शनिबार तारकेश्वर नगरपालिकाको आयोजनामा र सचेतना नागरिक संस्था-नेपालको सहकार्यमा टुसाल मल्टी भेन्युमा उप-प्रमुख सृजना बुर्लाकोटी अर्याल ज्युको अध्यक्षतामा नगरस्तरीय करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख कृष्ण हरि महर्जन ज्युले उद्घघाटन गर्नुभएको उक्त कार्यक्रमको सहजीकरण गर्नुहुने सचेतना नागरिक सस्था नेपाल परिवारलाई प्रमुखले धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त वडा न. ३ का वडा अध्यक्ष परशुराम अर्याल आन्तरिक राजश्व कर कार्यालय बालजुका कर अधिकृत हेमन्त फुयाल कर अधिकृत रवि शाह ,उधोग तथा बाणिज्य कार्यालयका उधोग अधिकृत रामचन्द्र दाहाल ,तारकेश्वर नगरपालिकाका शाखा अधिकृत सागर अर्याल,, कर्मचारी, करदाता सेवाग्राही हरुको उपस्थिति थियो ।

प्रशिक्षक तथा उधोग तथा बाणिज्य कार्यालयका उधोग अधिकृत रामचन्द्र दाहाल ज्युले औधोगिक प्रवर्दन कानुन: दर्ता, नविकरण र खारेजी सम्बन्धी प्रस्तुतीकरण दिनुभयो । यसैगरी आन्तरिक राजश्व कर कार्यालय बालजुका कर अधिकृत हेमन्त फुयाल ज्युले करदाता शिक्षा र तरकेश्वर नगरपालिकाका राजस्व शाखा प्रमुख सागर अर्याल ज्युले स्थानिय कर सम्बन्धी प्रस्तुतिकरण दिनुभयो ।

सहभागी करदाताहरुले राख्नु भएको जिज्ञासाको जवाफ प्रशिक्षकहरुले दिनुभएको थियो । केही तस्वीर….. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *