नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया द्वारा जोहोरमा २ दुई दिने घुम्ती शिबिर (कन्सुलर सेवा) सम्पन्न
बिन्दु दर्लामी मगर-जोहोर,
डिएमबी नेपाल,

नेपाली राजदूतावास,क्वालालम्पुर मलेसिया द्वारा मिति १८ र १९ अप्रिल २०२६ का दिन जोहोर राज्यको JO HOTEL मा दुई दिने घुम्ती शिबिर (कन्सुलर सेवा) सफलतापूर्वक सम्पन्न भएकोछ |यस कन्सुलर सेवा बाट राजधानीमा अवस्थित दूतावास देखि निकै टाढाको दुरीमा पर्ने भएकोले जोहोरबासी नेपाली श्रमिक सेवाग्राहीहरु अत्यन्तै हर्षित बनेकाछ्न |
दूतावास मलेसियाका प्रथम सचिब शुशिल घिमिरे को नेतृत्व सम्पन्न उक्त शिविर मार्फत कुल २७० जनाले राहदानी (पासपोर्ट) नवीकरण गराउनुका साथै १ जनाले एकतर्फी यात्रा अनुमति पत्र ( ट्राभल डकुमेन्ट) बनाई सेवाको लाभ लिनुभएको कुरा सचिब घिमिरेले जानकारी गराउनु भयो।

दूतावासको यस सराहनीय पहलले प्रवासी नेपालीहरूलाई ठूलो राहत पुगेको छ। आगामी दिनहरूमा पनि यस्तै सेवामुखी कार्यक्रमहरू निरन्तर सञ्चालन हुने अपेक्षा राखिएको छ।
उक्त कन्सुलर सेवालाई सहजिकरण गरिदिनको लागी गैर आवासिय नेपाली संघ (NRNA) क्षेत्रीय समिती जोहोर संगै जोहोर क्षेत्रमा क्रियासिल विभिन्न संघ सस्थाहरुले सहयोग गरेका थिए ।
