समाचार

”सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम”का लागी आमन्त्रित कलाकारहरुलाई मलेसियामा भब्य स्वागत ।

news desk 3 months अघि
Share

बिन्दु दर्लामी मगर

क्वालालम्पुर,मलेसिया – “मञ्जुश्रि संवत २८६२ ओं ता ल्हो अवसरमा आयोजित सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२६” का लागी नेपाल देखि आमन्त्रित कलाकार सुमिना लो तामाङ र बैरागी मोक्तान लाई नेपाल तामाङ घेदुङ मलेसिया र क्षेत्रीय समिति जोहोर समिति द्वारा क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमान स्थलमा भब्य स्वागत गरेकाछन

नेपाल तामाङ घेदुङ मलेसिया,क्षेत्रीय समिति जोहोर द्वारा १८ जनवरी २०२६ का दिन मलेसियाको जोहोरमा आयोजना गर्न लागीएको “सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम २०२६” को लागी चर्चित गायिका तथा उदघोषिका सुमिना लो तामाङ र चर्चित गायक बैरागी मोक्तान ज्यु मलेसिया आईपुग्नु भएको हो ।

कलाकार द्वयलाई स्वागत गर्न नेपाला तामाङ घेदुङ मलेसिया का अध्यक्ष बिक्रम वाइबा,महासचिव सबिन लोप्चन,सचीव सन्जिब स्याङ्बो,महिला उपध्यक्ष सम्झाना मोक्तान र जोहोर क्षेत्रीय समितीबाट उपध्यक्ष खेमराज बोम्जन तामाङ,कोषध्यक्ष सुशील लोप्चन तामाङ,युवासयोजक भिम घलान तामाङ,मामा भान्जा प्रायोजक दिलिप रायमाझी लगाएत एअरपोर्टमा पुग्नु भएको थियो ।

      कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र जोहोर आसपासको क्षेत्रामा बसोबास गर्नुहुने सम्पुर्ण तामाङ समुदाय साथै गैर तामाङ समुदायका नेपाली दाजु-भाई तथा दिदि-बहिनिहरुलाई कार्यक्रममा आईदिनुहुन धेदुङ समिति द्वारा अपिल गरेकाछन । कार्यक्रम नेपाल देखि आमन्त्रित कलाकार द्वयको साथमा थुप्रै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने कुरा आयोजक समितिले जानकारी गराएकाछन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *