समाचार

श्रम संस्कृति पार्टी प्रबास सङ्गठन मलेसियाको गठन । अध्यक्ष मा रमेश राई ।

news desk 4 months अघि
Share

बिन्दु दर्लामी मगर

क्वालालम्पुर,मलेसिया नेपालमा हर्क साम्पाङको नेतृत्वमा उदाएको वैकल्पिक राजनीतिक शक्तिका रूपमा परिचित श्रम संस्कृति पार्टी ले मलेसियामा पहिलो पटक आफ्नो प्रवास संगठन विस्तार गरेको छ।

श्रम संस्कृति पार्टी प्रवास समन्वय सभा मलेसिया को नाममा आयोजित भेलाले औपचारिक रूपमा संगठन विस्तार गर्दै डिसेम्बर १४ तारीख आइतबार नयाँ कार्यसमिति को घोषणा गरेको हो।

भेलाबाट रमेश राई को अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिले श्रमिकको हक–हित,श्रमको सम्मान,पारदर्शी राजनीति र वैकल्पिक राजनीतिक संस्कृतिको विकासका लागि प्रवासबाटै योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

नवगठित कार्यसमिति 

              अध्यक्ष: रमेश राई

              वरिष्ठ उपाध्यक्ष: शुभ राई

              उपाध्यक्ष: सोनाम सेर्पा

              महिला उपाध्यक्ष: सुजला राई

              महासचिव: ऐच्छिक राई

              सचिव: विकास विश्वकर्मा

              सह–सचिव: मेनुका सुब्बा

              कोषाध्यक्ष: भरण शेर राई

              सह–कोषाध्यक्ष: सौजन्य लिम्बु

              सदस्यहरू

सञ्जिव राई, खगेन्द्र चौलागाईं, अभि राई, अबिन्द्र नेम्वाङ, चित्र वाम्बुले राई, मनकुमारी राई, सुस्मिता केदेम लिम्बु, दिवस राई, तुलसा राई, बिरेन देवान, संजय बान्तवा, प्रतीक्षा सेर्पा, राम तारानाथ यादव, सन्त कुमार आङ्देम्बे, प्रबिन कुलुङ, राजु राई, युगल नेम्वाङ, कमल राई, बिबस राई, टीआर एक्सो हाङ लिम्बु।

  • सल्लाहकार समिति
  • भीमकुमार राई, मोहन मगर, निर्मल लिम्बु, युबराज राई, अर्थ सेलिङ लिम्बु, हाङ्सा लिम्बु, भबिन कुलुङ।

नवगठित समितिले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको समस्या,अधिकार र आवाजलाई संगठित रूपमा उठाउने,साथै नेपालमा श्रममुखी र जनउत्तरदायी राजनीतिको निर्माणमा प्रवासबाट योगदान पुर्‍याउने लक्ष्य लिएको बताएको छ।

मलेसियामा श्रम संस्कृति पार्टीको प्रवास संगठन विस्तारलाई प्रवासी नेपाली राजनीतिमा नयाँ अभ्यास र वैकल्पिक राजनीतिक चेतनाको सुरुवात का रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *