समाचार

किराँत याक्थुम चुम्लुङ जोहोर द्वारा आयोजित ” चासोक तङ्नाम २०२५” कार्यक्रम भब्य रुपमा सम्पन्न

news desk 4 months अघि
Share

बिन्दु दर्लामी मगर

क्वालालम्पुर, १४ डिसेम्बर २०२५ का दिन जोहोर बाहरु स्थित Jo Hotel मा  किराँत याक्थुम चुम्लुङ जोहोर मलेसिया ले  “चासोक तङ्नाम २०२५” कार्यक्रम लाई ऎतिहासिक रुपमा भब्यताका साथ सम्पन्न गरएका छ्न ।

किराँत याकथुम चुम्लुङ जोहिर का अध्यक्ष हेमराज योङ्हाङ लिम्बु को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम मा नेपाली राजदुतावास मलेसिया को द्वितीय सचिव प्रतिक राज जोशी को प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो भने बिशेष अतिथिको रुपमा गैर आवासीय नेपाली संघ मलेसियाका महा सचिब बिष्णु बराल, पि एन सि सि मलेसिया का पुर्ण लिम्बु,लगाएत अतिथिको रुपमा गैर आवासीय नेपाली सघ मलेसिया का सचिव उमेश महतो,NRNA क्षेत्रीय समिती मलका का अध्यक्ष अर्जुन लावती, NRBA जोहोर, नेपाल तामाङ घेडुङ क्षेत्रीय समिति जोहोर,किराँत राई यायोक्खा जोहोर, रोल्पाली सेवा समाज मलेसिया, नेपाल मगर संघ जोहोर,रोल्पाली सेवा समाज क्षेत्रीय समिति जोहोर मलेसिया, हेल्प मधेसी मलेसिया, लगाएएत  विभिन्न संघ सस्थाका प्रतिनिधिहरु मिडिया कर्मि सुमन परियार (yuwakoaawaj.com) बिन्दु दर्लामी मगर ( dmbnepal.com) मनोज दसौदी (heronepaltv.com) लगाएत रहेका थिए ।

किराँत समुदाय को लिम्बु जातिको मौलिक रितिवाज र परम्परा अनुसार पुजा गरी शुरूवात भएको कार्यक्रम मा उपस्तिथित किराँत लिम्बु तथा गैर किराँत लिम्बुहरु सबै मिलेर पालम गीत मा रमाउदै धान नाच,स्याप्रुङ नाच नाच्नुका साथै चर्चित कलाकार बर्षा राई लगाएत १ दर्जन जति स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले सबैलाई मनोरञ्जन दिलाएको थियो ।

कार्यक्रम को बिचमा उपस्थित सम्पुर्ण लाई खानपान को समेत ब्यबस्थापन गरिएको थियो,कार्यक्रम मा उपस्थित प्राय जसोले आफ्नो मौलिक जातीय पहिरन झल्किने पोषाक मा सजिएर आउदा खेरी थप आकर्षक देखुएको थियो,

भौगोलिक दुरीको हिसाब ले पनि पायक नपर्ने कारणले पनि हुन सक्छ जोहोर मा हुने गरेका विभिन्न कार्यक्रमहरुमा नेपाली दूतावासको सहभागिता एक दमै कम मात्रामा हुने गर्दछ,त्यसैले पनि प्रमुख अतिथिको रुपमा नेपाली दूतावासको उपस्थिती रहुनु भनेको गर्ब कुरा हो भन्दै कार्यक्रम संचालक (सचिव) सागर लिम्बुले दूतावास प्रति आभार व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *