अपाङ्ग परिवारलाई समाजसेवी राज लामा द्वारा खाद्यान्न,न्यानो लुगा र आर्थिक सहयोग

बेलबारी (मोरङ) । “सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ समाजसेवी राज लामाले बेलबारी नगरपालिका–६ निवासी कैला खवासको अपाङ्ग परिवारलाई खाद्यान्न, जाडोको न्यानो लुगा तथा आर्थिक सहयोग प्रदान गरेका छन्। खवासका परिवारका सबै सदस्य अपाङ्ग भएका कारण कठिन जीवनयापन गरिरहेको जानकारी पाएपछि लामा घरमै पुगेर सहायता हस्तान्तरण गरेका हुन्।
सहयोग कार्यमा बेलबारी नगरपालिका–६ का निबर्तमान वडाध्यक्ष उदय राई, समाजसेवी नीरबहादुर तामाङ, पुष्कर शर्मा र कविता गुरुङले सक्रिय साथ दिएका थिए। त्यस्तै प्रत्यक्ष आर्थिक सहयोग गर्ने गाउँले मित्र टंक खड्का र प्रकाश गिरी, साथै नगद सहायता उपलब्ध गराउने स्थानीय राजु मगरलाई लामाले विशेष धन्यवाद व्यक्त गरेका छन्।
पीडित परिवारले केन्द्र सरकारबाट अपाङ्ग भत्ता पाए पनि स्थानीय तहबाट कुनै चासो नपाएको गुनासो गर्दै आएका छन्। यस विषयमा समाजसेवी लामाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै,“स्थानीय सरकारले कम्तीमा पनि घरमा बत्ती जडान गर्ने पहल गर्छ भन्ने विश्वास छ,” भने।

“सहयोग धनले होइन, मनले गरिन्छ,” भन्दै समाजसेवी लामाले यस मानवीय अभियानमा साथ दिने सबै सहयोगीप्रति एकमुष्ट धन्यवाद व्यक्त गरेका छन्।
