समाचार

मलेसिया जोहोरमा किराँत याक्थुङ चुम्लुङद्वारा चासोक तङनाम डिसेम्बर १४ मा भव्य रूपमा मनाइने सम्पुर्ण तयारी पुरा

news desk 5 months अघि
Share

बिन्दु दर्लामी मगर,

मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ मा भव्य रूपमा मनाउने भएको छ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका लिम्बू समुदाय हरुको उल्लेखनीय उपस्थितिमा सांस्कृतिक पहिचान, परम्परा र समुदायिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले यो वर्षको चासोक तङनाम  विशेष रूपमा आयोजना गरिने अध्यक्ष हेमराज लिम्बु ले बताउनु भयो।

चासोक तङनाम: प्रकृति र पुर्खाप्रति कृतज्ञताको पर्व – नयाँ बाली भित्र्याएपछि देवी-देवता र पुर्खाहरूलाई अन्न अर्पण गर्दै कृतज्ञता व्यक्त गर्ने परम्पराको रूपमा चासोक तङनाम मनाइन्छ।

लिम्बू मुन्धुम संस्कृति अनुसार तागेरा निङ्वाभुमाङ लगायत प्रकृति-देवी-देवताको आशीर्वाद प्राप्त गर्ने यो दिनलाई प्राकृतिक पुजक किराँत लिम्बु समुदायले अत्यन्त पवित्र मान्ने गरेका छन्।

 

मलेसियामा विशेष कार्यक्रम

किराँत याक्थुङ चुम्लुङ मलेसिया क्षेत्रीय समिती जोहोरले चासोक तङनामको अवसरमा निम्न कार्यक्रम आयोजना गर्ने जनाएको छः

मुन्धुम विधि अनुसार पुजा तथा अन्न अर्पण

च्याब्रुङ नृत्य, लिम्बू गीत–संगीत र सांस्कृतिक प्रस्तुति लिम्बू परम्परागत पोशाक प्रदर्शन

समुदायिक भेटघाट, नयाँ पुस्ताका लागि सांस्कृतिक तथा भाषिक परिचय कार्यक्रम हुने भएको छ।

 

अध्यक्षका अनुसार मलेसियामा बसोबास गर्ने लिम्बू तथा गैर-लिम्बू बुद्धिजीवी समाजसेवी विभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकार लगायत मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरू लाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा समेत गरेका छन् अध्यक्षका अनुसार गैर लिम्बू गैर किराँत हरुको पनि उल्लेखनीय सहभागीताले नेपालको पूर्वी पहाडी संस्कृति अन्तर्राष्ट्रिय रूपमा पहिचान दिलाउन मद्दत पुग्ने बताएका छन् ।

  • कार्यक्रम विवरण  
  • जोहोर बाहरु स्थित 
  • jo hotel Johor malaysia 
  • १४ डिसेम्बर २०२५ आइतबार 

 

सांस्कृतिक पहिचान जगेर्ना र प्रवर्द्धन गर्ने उदेश्यले परदेशमा बस्दै आएपनि लिम्बू समुदाय हरु सगै मलेसियामा रहनु भएका समस्त नेपाली दाजुभाइ दिदीबहिनी हरु लाई कार्यक्रममा सहभागी भइ लिम्बु सांस्कृतिक पहिचान को संरक्षण र प्रवर्द्धन गर्न र कार्यक्रम भव्य रुपमा सफल बनाउन आयोजकले निमन्त्रणा गरेको छ।

 

0
Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *