अर्थतन्त्र

नेपाल मगर संघ केन्द्रिय समिति मलेसियाको नवौं महाधिवेशन को प्रमुख अतिथि तथा कलाकारहरुको भब्य स्वागत

news desk 2 months अघि
Share

बिन्दु दर्लामी मगर

क्वालालम्पुर,मलेसिया-नेपाल मगर संघ केन्द्रिय समिति मलेसियाको नवौं महाधिवेशनको लागी प्रमुख अतिथि केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर ज्यु लगाएत अतिथि कलाकारहरु गायिका नितु पुन मगर, गायिका रेश्मा पुन मगर, मगर चलचित्र निर्देश्क तथा निर्माण हर्क आले मगर लाई क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमान स्थलमा भब्य स्वागत गरिएको छ ।

यहि २२ मार्च २०२६ का दिन क्वालालम्पुर मा सम्पन्न हुन गैरहेको नवौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कुरा मगर संघ मलेसियाले जनाएको छ ।  

महाधिवेशनलाई भन्य र सभ्य रुपमा सम्पन्न गर्नको निम्ति मलेसियामा बसोबास गर्नुहुने सम्पुर्ण मगर दाजु-भाई तथा दिदि-बहिनीहरुलाई उपस्थितिको लागी आह्वान गर्दै, नेपाल मगर संघ केन्द्रिय समिति मलेसिया, जोहोर क्षेत्रीय समिति र पेनाङ क्षेत्रीय समिती द्वारा मगर तथा गैर मगर सबैलाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशन मा नेपाल देखि आमन्त्रित अतिथि गायिकाहरु संगै अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने कुरा आयोजक ले बताएकाछन ।

कार्यक्रम २२ फेब्रुअरी आइतबार क्वालालम्पुरस्थित Wisma Eagle Eye, Jalan Tun H.S. Lee मा आयोजना हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *