अर्थतन्त्र

नेपाल मगर संघ,क्षेत्रीय समिति पेनाङ को आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा चिट्ठा कार्यक्रम २०२६ सम्पन्न ।

news desk 2 months अघि
Share

कृष्ण गुप्ता

पेनाङ,मलेसिया — नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङको आयोजनामा सम्पन्न प्रथम खुल्ला पुरुष भलिबल तथा भाग्यशाली चिठ्ठा कार्यक्रम–२०२६ उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा बाहिरबाट १२ टोली र आयोजकका २ टोलीसहित कुल १४ टोलीको सहभागिता रहेको थियो। पेनाङस्थित नेपाली समुदायबीच आपसी एकता,भाइचारा तथा खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न जिल्लागत तथा सामाजिक समूहका टोलीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।

समयको अभावका कारण अन्तिम चरणमा पुगेका चार उत्कृष्ट टोलीबीच उपाधि निर्धारण चिठ्ठा प्रणालीमार्फत गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको नतिजा:
प्रथम: प्रगति शील पेनाङ
द्वितीय: आँधीखोला स्याङ्जा
तृतीय: नवलपुर मगर समाज
सान्त्वना: आयोजक टोली

विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै कार्यक्रम अवधिभर सञ्चालन गरिएको भाग्यशाली चिठ्ठा कार्यक्रममार्फत आकर्षक पुरस्कारहरू वितरण गरिनुका साथै कार्यक्रमलाई थप रोचक र उत्साहपूर्ण बनाइएको थियो।

कार्यक्रममा स्थानीय सामाजिक अभियन्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी टोलीहरूले खेलकुदमार्फत आपसी सम्बन्ध अझ सुदृढ र प्रगाढ बनाउने अवसर पाएको बताएका छन्।

आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी तथा दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यवस्थित र भव्य कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *