आठौं हिमालयन गोल्डकप २०२६ सम्पन्न,हिमालयन एफ.सी.’ए’ले जित्यो उपाधी र आर.टी. एफ.सी बन्यो उप-बिजेता
बिन्दु दर्लामी मगर,
क्वालालम्पुर,मलेसिया- हिमायन फुटबल क्लब मलेसियाको आयोजनामा फेब्रुअरी १७ र १८ तारिख शाहालाम स्थित पानासोनिक स्टडियममा सम्पन्न आठौं सस्करण को हिमायन गोल्डकप २०२६ को उपाधी हिमालयन एफ सी ‘ए”ले जितेको छ भने उपाधी संगै नगद आर.एम.४१ हजार ५०० प्राप्त गरेको छ । कुल १६ टिम बिचको प्रतिस्पर्धामा फाईनलमा पराजित भएको आर.टी.एफ.सी. ले उप-बिजेता बन्दै नगद आर.एम.२१ हजार तथा ट्रफी प्राप्त गरेको छ ।

हरेक बर्षहरुमा जस्तै यस बर्ष पनि आयोजना गरिएको प्रतियोगितामा सयौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता को उद्घाटन खेलको लागी NEPAL EMBASSY को टिम र नेपाली मुलको स्थानीय नागरिकहरुको RANA UNITED FC बिच प्रतिस्पर्धा भएको थियो जस्मा Nepal Embassy २-० गोल ले बिजयी भएको थियो ।
फाइनल खेलमा निर्धारित समयमा आयोजक हिमायन एफ सी ‘ए” ले आर.टी.एफ.सी.लाई ३-१ गोल अन्तरले हराउदै उपाधी जितेको हो !
प्रतियोगिताको फाईनल खेल शुरु हुनु भन्दा अगाडी स्थानीय कलाकारहरु द्वारा दर्शकहरुलाई मनोरञ्जनात्मक प्रस्तुतिहरु पस्केका थिए,भने ASTAKA FC Malaysia(नाईजेरिया) vs HIMALAYAN FC (NEPAL) बिच Friendly Match सप्पन्न भएको थियो ।
आठौं हिमालयन गोल्डकप २०२६ को बिजेताहरु ।
बिजेता : हिमालयन एफ.सी.’ए’
उप बिजेता : आर.टी. एफ.सी.
बेस्ट डिफेन्डर : राजन चौधरी (हिमालयन एफ.सी.’ए’)
बेस्ट गोल किपर : राज कुमार सुब्बा (हिमालयन एफ सी ‘ए’)
बेस्ट मिड फिल्डर : सनि चौधरी (आर.टी.एफ.सी.)
बेस्ट फरवार्ड : अभिषेक कालिकोटे (हिमालयन एफ सी.’ए’)
बेस्ट प्लेअर : अजय चौधरी (हिमालयन एफ.सी.’ए’)
हाई स्कोरर : बिकास बस्नेत( एन पेनाङ एफ सी)
बेस्ट कोच : पिटर (हिमालयन एफ. सी.’ए’)

प्रतियोगिताको उद्घाटन शत्रमा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास मलेसियाकी कार्यबाहक राजदुत श्रीमती मुदिता बज्राचार्य ज्यु को उपस्थिति रहेको थियो,भने NRNA NCC MALAYSIA का अध्यक्ष ईन्द्र नारायण लिम्बु,लगाएत धेरै ब्याबसायीहरु उपस्थिति रहेको थियो ।
प्रतियोगिताको टाईटल स्पोन्सरको रुपमा TAB SPORTS रहेको आठौं हिमालयन गोल्डकपमा Maxis, Across Travels & Tours,Himalayan Academy, लगाएत दुई दर्जन बढि कम्पनी तथा ब्याबसायीहरुको प्रायोजन रहेको थियो ।
प्रतियोगिताको सम्पुर्ण खेलहरु goalnepal.com बाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
प्रतियोगितामा विभिन्न बिधागत पुरस्कारहरु तर्फ बेस्ट डिफेन्डर, बेस्ट फरवार्ड,बेस्ट मिड फिल्डर, बेस्ट गोल कीपर, हाई स्कोरर,तथा बेस्ट कोच लाई नगद आर एम ५०० र बेस्ट प्लेअर लाई नगद आर एम १००० संगै ट्रफी प्रदान गरिएको थियो ।

समग्रमा प्रतियोगिता एकदमै सफल रुपमा सम्पन्न भएको कुरा आयोजक ले बताएका छन । यस प्रतियोगिता Nepalese Football Accosiation Malaysia को मातहत मा संचालन भएको हो ।
