चाइनिज नयाँ वर्ष: क्वालालम्पुर स्थित नेपाली राजदूतावास १७ फेब्रुअरीमा बन्द रहने ।
बिन्दु दर्लामी मगर,
क्वालालम्पुर, मलेसिया — नेपाली राजदूतावास, क्वालालम्पुरले चाइनिज नयाँ वर्षको अवसरमा एक दिनका लागि सार्वजनिक विदा रहने सूचना जारी गरेको छ।
राजदूतावासद्वारा जारी आधिकारिक सूचनाअनुसार मंगलबार, १७ फेब्रुअरी २०२६ का दिन दूतावास पूर्ण रूपमा बन्द रहनेछ। सो दिन राहदानी, कन्सुलर सेवा, प्रमाणिकरण, भिसा, श्रमसम्बन्धी सेवा लगायत सबै नियमित प्रशासनिक सेवा उपलब्ध हुने छैनन्।
राजदूतावासले नियमित सेवा भने बुधबार, १८ फेब्रुअरी २०२६ देखि पूर्ववत् रूपमा सञ्चालन हुने जनाएको छ।
दूतावासले सेवाग्राहीहरूलाई अत्यावश्यक बाहेकका कामहरू विदा अगाडि वा पुनःसञ्चालनपछि मिलाउन अनुरोध गरेको छ। आकस्मिक तथा आपतकालीन अवस्थाका लागि भने दूतावासको हटलाइन नम्बर ०१६–२४७२७७७ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
विदेशमा रहेका नेपाली समुदायलाई सेवा प्रवाहमा पर्न सक्ने असुविधा प्रति क्षमायाचना गर्दै दूतावासले आवश्यक सहयोगका लागि सधैं तत्पर रहने प्रतिबद्धता जनाएको छ।

