मनोरंजन

“सोनाम ल्होछार” बृहत साङ्गितिक कार्यक्रम गर्दै नेपाल तामाङ घेदुङ मलेसिया, क्षेत्रीय समिति जोहोर । नेपाल बाट चर्चित कलाकार सुमिना लो तामाङ र बैरागी मोक्तान आउदै ।

news desk 4 months अघि
Share

बिन्दु दर्लामी मगर

क्वालालम्पुर,मलेसिया: तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होछार देश–विदेशमा उल्लासपूर्वक मनाइँदै आएको छ। मञ्जुश्री पात्रो अनुसार नयाँ वर्षको स्वागत गर्दै यो पर्वले पुरानो वर्षलाई विदाइ गर्ने र नयाँ वर्षमा सुख,शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा बोकेको छ।

मलेसिया धेरै नेपालीहरु बाक्लो बस्ती रहेको एक ठुलो राज्य जोहोरमा “नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रीय समिति जोहोर बाहरु” को आयोजनामा मञ्जुश्री संवत् २८६२ औँ ता–ल्हो सोनाम ल्होछारको अवसरमा बृहत सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ। कार्यक्रम सन् २०२६ जनवरी १८ तारिखका दिन JO HOTEL JB मा बिहान ११ बजेदेखि सुरु हुनेछ।

तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकार सुमिना लो तामाङ र वैरागी मोक्तानको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएका छन । साथै विभिन्न मौलिक तामाङ सांस्कृतिक झाँकी,नृत्य तथा परम्परागत प्रस्तुतिहरू पनि समावेश गरिनेछन्।

सोनाम ल्होछारका अवसरमा बौद्ध गुम्बा तथा मठमन्दिरहरूमा विशेष पूजा, प्रार्थना र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने गरिन्छन्। तामाङ समुदायको बाक्लो बसोबास भएका क्षेत्रमा परम्परागत भेषभूषा,तामाङ सेलो नृत्य तथा मौलिक सांगीतिक प्रस्तुतिहरू आकर्षणका रूपमा देख्न सकिन्छ।

नेपाल सरकारले पनि सोनाम ल्होछारका अवसरमा सम्बन्धित प्रदेश तथा क्षेत्रमा सार्वजनिक बिदा दिँदै आएको छ। साथै विभिन्न राजनीतिक दल,सामाजिक संघ संस्था तथा व्यक्तित्वहरूले तामाङ समुदाय सहित सम्पूर्ण नेपालीहरूलाई सुख,स्वास्थ्य र सफलताको शुभकामना व्यक्त गर्दै आएका छन ।

कार्यक्रमलाई भव्य,सभ्य र ऐतिहासिक बनाउन मलेसियामा रहेका सम्पूर्ण नेपाली तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रण गरिएको नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रीय समिति जोहोरका अध्यक्ष मंगल तामाङले dmbnepal.com लाई जानकारी दिनुभएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *