“भुम्या पूजालाई थामी समुदायको पहिचान,संस्कृति र प्रकृतिसँगको आत्मिक सम्बन्ध झल्काउने महत्वपूर्ण पर्वका रूपमा व्याख्या गर्दै मलेसियामा रहेका थामी दाजुभाइ–दिदीबहिनीबीच सामुदायिक एकता,सहकार्य र सांस्कृतिक निरन्तरताको सन्देश फैलिने विश्वास रहेको कुरा अध्यक्ष थाङ्मी ले व्यक्त गर्नु भएको छ।
मलेसियामा पहिलोपटक आयोजना गरिएको उधौली भुम्या पुजाको अवसर पारेर कार्यक्रममा धामी समुदायको मौलिक सांस्कृतिक कार्यक्रम सगै अन्य विभिन्न कलाकार हरुको बेजोड प्रस्तुति रहने छ गायक ढकमनि लम्साल (बि.शि) डान्सर चन्द्रबहादुर घिसिङ तामाङ (चार्ली), काशी गुरुङ र एलिजा तामाङका विशेष प्रस्तुति रहनेछन्। यो प्रस्तुतिले कार्यक्रम लाई अझ रंगीन बनाउने अध्यक्ष ले बताउनु भयो। कार्यक्रममा थामी सांस्कृतिक नृत्य–गीत, भुम्या पूजा विधि, सामुदायिक प्रार्थना,तथा थामी परम्परागत पहिचान झल्काउने अन्य सांस्कृतिक प्रस्तुति केन्द्रमा रहनेछ।
कार्यक्रम हुने मिती : २०८२ मंसिर २८ गते (२०२५ डिसेम्बर १४) स्थान : क्वालालम्पुर–कोताराया स्थित Cosmo Hotel समय : विहान ११:०० बजे देखि
समाजले थामी समुदाय मात्र नभई सम्पूर्ण किराती तथा गैरकिराती समुदायलाई पनि सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ। अध्यक्ष थाङ्मीले भने “थामी संस्कृतिको संरक्षण,भाइचारा र आपसी सहअस्तित्वलाई अझ मजबुत बनाउन सबै समुदायको उपस्थितिले कार्यक्रमलाई अर्थपूर्ण बनाउनेछ।”
अध्यक्ष ले भने हामी अहिले प्रवासमा पुर्व को सांस्कृतिक सभ्यता पश्चिम लाई थाहा छैन, पश्चिम को सांस्कृतिक सभ्यता पुर्व लाई थाहा छैन तर प्रवासमा पुर्व देखि पश्चिम् सम्मका नेपाली दाजुभाइको जमघट हुन्छ यसले हाम्रो मौलिक धार्मिक संस्कृति परम्परा आदान-प्रदान हुने गर्छ यसले हाम्रो पहिचान अझ बलियो भएको सन्देश दिनेछ।

