समाचार

अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा बुद्ध जयन्ती को अवसरमा एनआरएनए क्षेत्रीय समिति जोहोर द्वारा बिबिध कार्यक्रम गर्दै ! सम्पुर्ण तयारी पुरा

news desk 4 hours अघि
Share

डिएमबी नेपाल-जोहोर,मलेसिया ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर द्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा बुद्ध जयन्ती २०८३ को अवसरमा आयोजना गर्न लागिएको शुभ-कामना आदान–प्रदान तथा खेलकुद विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कुरा सचिव बिनय हमाल ले जानकारी गराउनु भएकोछ ।

उक्त कार्यक्रम सन् २०२६ मे १ तारिखका दिन जोहोर मा रहेको समितिको आफनै सभाहलमा बिहान १० बजे देखि ५ बजे सम्म भव्य रूपले सञ्चालन हुने तय भएको छ। आयोजकका अनुसार कार्यक्रमलाई व्यवस्थित,मर्यादित तथा भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।

कार्यक्रममा मलेसियाको जोहोर आसपासमामा रहेका नेपाली समुदायका विभिन्न क्षेत्रका अगुवा,श्रमिक प्रतिनिधि,ब्याबसायी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। साथै,नेपाली समुदायको एकता,योगदान र संस्थागत विकासमा महत्वपूर्ण भूमिका निभाउदै आएका बिभिन्न संघ सस्थाहरुको सहभागीता रहने गरी बिबिध खेलकुदहरु को पनि आयोजना गरिने कुरा जानकारी गराउन चाहन्छौ ।

आयोजकले यस कार्यक्रमले मलेसियामा रहेका नेपालीहरूबीच आपसी एकता, सहकार्य तथा सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *