समाचार
मलेसियाको जोहोर (कुलाई) मा सामाजिक सुरक्षा कोष (SSF) बारे सचेतना मुलक कार्यक्रम सम्पन्न
बिन्दु दर्लामी मगर-जोहोर,मलेसिया

PNCC (ILO) Project को Outreach Programme अन्तर्गत मिति 25 अप्रिल 2026 सनिबारका दिन मलेसियाको जोहरबारु स्थित “कुलाई ” भन्ने ठाउँमा समाजिक सुरक्षा कोष (SSF) सम्बन्धमा सचेतना मूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रमलाई PNCC मलेसिया (जोहर) का Outreach Officer सुरेन्द्र महतो ले संचालन गर्नु भएको थियो | साथै कार्यक्रम लाई ब्यबस्थापन तथा सहजीकरण PNCC का राजुु तामाङ ले गर्नु भएको थियो। यश कार्यक्रममा लगभग 32 जना विभिन्न कम्पनीमा कार्यरत दाजु-भाइ तथा दिदि-बहिनीहरुको उपस्तिथि रहेको थियो |
यस कार्यक्रमले मलेसियामा कार्यरत रहेका नेपाली समुदायको श्रमिक हरुलाई SSF को विशेषता र फाईदा बारे जानकारी र सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।
