समाचार

जनउद्धार केन्द्र मलेसियाको नवौँ वार्षिकोत्सव तथा साधारणसभा मे १ मा हुँदै, सम्पुर्ण तयारी पूरा

news desk 23 hours अघि
Share

तिलोचन गौतम-क्वालालम्पुर,

“श्रमिकको हित हाम्रो चाहना, पीडितको उद्धार हाम्रो कामना” भन्ने मूल नारासहित मलेसियामा रहेका नेपाली श्रमिकहरूको हकहित तथा उद्धारमा सक्रिय सामाजिक संस्था जनउद्धार केन्द्र मलेसिया ले आफ्नो नवौँ वार्षिकोत्सव तथा साधारणसभा भव्य रूपमा मनाउने भएको छ।

आगामी मे १ तारिख (अन्तर्राष्ट्रिय श्रमिक दिवस) का दिन पेनाङको बायन बारुस्थित सनसाइन स्क्वायर हलमा उक्त कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रम बिहान १०:०० बजेदेखि सुरु हुने जनाइएको छ।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई समस्या पर्दा उद्धार गर्ने तथा विभिन्न सामाजिक गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस संस्थाले स्थापना दिवस तथा श्रमिक दिवसको अवसर पारेर विशेष कार्यक्रमसहित वार्षिकोत्सव मनाउन लागेको हो।

कार्यक्रमका लागि मलेसियामा विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तित्वहरू तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ। कार्यक्रम स्थल सनसाइन स्क्वायर हल, बायन बारुमा बुकिङसमेत भइसकेको र सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष केशु थापाले जानकारी दिएका छन्।

मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई कार्यक्रममा उपस्थित भई यसलाई भव्य रूपमा सफल बनाउन संस्थाले हार्दिक अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *