नेपाल तामाङ घेदुङ मलेसिया,क्षेत्रीय समिति जोहोरको प्रथम बार्षिकोत्सब तथा नियमित तेस्रो त्रैमासिक बैठक सम्पन्न ।
डिएमबी नेपाल-जोहोर,
नेपाल तामाङ घेदुङ मलेसिया, क्षेत्रीय समिति जोहोरका अध्यक्ष मंगल तामाङ को अध्यक्षतामा २६ अप्रिल २०२६ आईतवार का दिन जोहोर मा अवस्थित Jo Hotel मा नियमित तेस्रो त्रैमासिक बैठ्क बस्दै,समितिको प्रथम बार्षिकोत्सब को अवसरमा केक काटेर भब्य रुपमा मनाईएको छ ।
![]()
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ मलेसियाकी महिला उपाध्यक्ष सम्झना तामाङ रहनु भएको थियो भने,अतिथिको रुपमा नेपाल तामाङ घेदुङ मलेसियाकी महिला सचिव दिना मोक्तान तथा घेदुङ मलेसियाका कोषाध्यक्ष यवम क्षेत्रीय समिति जोहोर का प्रमुख सल्लाहकार नवराज रुम्बा तामाङ को उपस्थिति रहेको थियो । समितिको नियमित बैठक बस्दै मनाईएको बार्षिकोत्सब कार्यक्रममा घेदुङ कार्य समिति पदाधिकारीहरुको मात्रै उपस्थिति रहेको जानकारी प्राप्त भएकोछ ।
समितिले बिबिध बिषयहरुमा छलफल गरि आगामी दिनमा नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रीय समिति जोहोरलाई अझै अगाडी बढाउन सम्पुर्ण तामाङ समुदायलाई ऎक्यबद्द गराई तमाङ भाषा र सस्कृतीको पचिचानलाई जोगाई राख्न सबै एकजुत भएर लाग्ने बताईएको छ ।



