पेनाङमा रास्पा प्रबास सम्पर्क बिभाग मलेसियाको २३ सदस्यीय कमिटी गठन ।
कृष्ण गुप्ता,
पेनाङ (मलेसिया) — रास्पा प्रबास सम्पर्क विभाग मलेसियाका सभापति नेत्र केसी ज्युको प्रमुख उपस्थितिमा मलेसियाको पेनाङ राज्यमा संगठन विस्तारको उद्देश्यसहित २३ सदस्यीय राज्य कमिटी गठन गरिएको छ।
कार्यक्रममा पेनाङ राज्यमा कार्यरत नेपाली समुदायका अगुवा, सामाजिक अभियन्ता तथा संगठनप्रति आस्था राख्ने व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्दै संगठनको नीति, सिद्धान्त र कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले कमिटी गठन गरिएको आयोजकले जनाएको छ।

नवगठित कमिटीको अध्यक्षमा डेबिट लामा चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा स्याम तामाङ, सचिवमा गोबिन्द थापा, सह–सचिवमा ज्ञान बहादुर गौरी, कोषाध्यक्षमा लक्ष्मी लामा तथा सह–कोषाध्यक्षमा नारन तामाङ चयन हुनुभएको छ।
यस्तै युवा संयोजकमा सन्जय तामाङ र महिला संयोजकमा सिर्जना बस्नेत चयन हुनुभएको छ।
कमिटीका विशेष सल्लाहकारहरूमा गणेश श्रेष्ठ, बिष्णु माया विश्वकर्मा, मिलन दनुवार, केशव लम्साल र राजकुमार गोले रहनुभएको छ।
त्यसैगरी सदस्यहरूमा गणेश स्याङ्ताङ, सुवास पोखरेल, सन्जित थिङ, प्रदीप साह, राजकुमार साह, अर्जुन तामाङ, आरोस तामाङ, राजेश साही, प्रशान्त तामाङ र जीवन ठकुरी चयन हुनुभएको छ।
कार्यक्रममा बोल्दै रास्पा प्रभास सम्पर्क विभाग मलेसियाका सभापति नेत्र केसीले प्रवासमा रहेका नेपालीहरूका समस्या, हक–हित र अधिकारका विषयमा संगठनले सशक्त भूमिका खेल्ने बताउनुभयो। उहाँले पेनाङ राज्यमा संगठनलाई थप मजबुत बनाउँदै श्रमिक, विद्यार्थी र व्यवसायी नेपालीलाई एकताबद्ध गर्न नवगठित कमिटीले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
नवगठित कमिटीका अध्यक्ष डेबिट लामाले संगठनले सामाजिक एकता, आपसी सहयोग, तथा प्रवासी नेपालीका साझा मुद्दामा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पेनाङ राज्यमा रहेका नेपाली समुदायलाई संस्थागत रूपमा जोड्दै संगठनलाई नमुना कमिटीका रूपमा विकास गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
